नियम ७२
अस्तित्वमा नरहने कार्यालयको धरौटी खाता
(१) कुनै आयोजना सम्पन्न हुँदा वा कुनै कार्यालय खारेज हुँदा पनि धरौटी रकम बाँकी रहन गएमा त्यस्ता आयोजना वा कार्यालयको नाममा रहेको धरौटी खाता बन्द गरी विवरण सहितको धरौटी रकम तालुक कार्यालय वा तालुक कार्यालयले तोकिदिए बमोजिम सो आयोजना वा कार्यालयको दायित्व र जिम्मेवारी लिने कार्यालयमा बुझाउनु पर्नेछ र सो बुझिलिने कार्यालयले पनि सोको अभिलेख राखी धरौटी फछ्र्यौट सम्बन्धी कारबाही गर्नु पर्नेछ ।
(२) यो नियमावली प्रारम्भ हुनु भन्दा पहिले अस्तित्वमा नरहेका वा अन्य कुनै कार्यालयमा दायित्व हस्तान्तरण नभएका कार्यालयको नाममा विभिन्न बैङ्कमा धरौटी खातामा रहेको धरौटी रकम कोष तथा लेखा नियन्त्रक कार्यालयले प्राप्त भएसम्मका विवरण खुलाई धरौटी फिर्ता दाबी गर्ने सूचना प्रत्येक आर्थिक वर्षमा एक पटक प्रकाशन गर्नेछ । म्यादभित्र फिर्ता दाबी लिन नआएमा राजश्व खातामा दाखिला गर्न सम्बन्धित बैङ्कलाई आदेश दिन सक्नेछ ।